काठमाडौं । विश्व बैंकले नेपाललाई १० करोड अमेरिकी डलर अर्थात् १२ अर्ब रुपैयाँ बराबरको ऋण सहायता दिने भएको छ । मुलुकको शिक्षा र स्वास्थ्य क्षेत्रको विकासका लागि आवश्यक स्रोत व्यवस्थापनमा बैंकले यस्तो सहायता दिने भएको हो ।
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले जनताको जनादेशले होइन, सर्वोच्च अदालतको परमादेशका कारण सरकारको जिम्मेबारीबाट बिदा लिन लागेको बताएका छन् । उनले आज (मंगलबार) देशबासीका नाममा सम्बोधन गर्दै यस्तो बताएका हुन् ।
काठमाडौं । सेयर बजार परिसूचक नेप्से १६.३४ अंकले बढेको छ । सरकार परिवर्तनको घटनाक्रमसँगै हरियाली बनेको बजारमा अघिल्लो दिनको तुलनामा कारोबार रकममा भने साढे चार अर्बको गिरावट आएको छ ।
काठमाडौं । वर्तमान सरकारको असामयिक बहिर्गमन सँगै सिंहदरबारबाट मन्त्रीहरूको बिदाइ गरिएको छ । सिंहदरबारमा मंगलबार अपराह्न अर्थमन्त्री विष्णुप्रसाद पौडेलको बिदाइ गरिएको हो ।
काठमाडौं । इंग्ल्याण्डलाई पेनाल्टी सुटआउटमा पराजित गर्दै इटलीले युरोकप २०२० को उपाधि जितेको छ । सोमबार बिहान भएको फाइनलमा इटलीले इंग्ल्याण्डलाई उसैको मैदानमा पेनाल्टी सुटआउटमा ३–२ ले पराजित गरेको हो ।