काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघले निर्यातको वृद्धिलाई स्थायित्व दिँदै अझ सुधार गर्दै जानुपर्नेमा जोड दिएको छ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयमा नेपालको निर्यात प्रवद्र्धनमा तत्काल गर्नुपर्ने पहल सम्बन्धमा सुझाव पेश गर्दै महासंघले उक्त विषयमा जोड दिएको हो ।