काठमाडौं । विश्व हिन्दू परिषद नेपालका राष्ट्रिय सचिव राम नारायण ठाकुर संविधान दिवसका अवसरमा विभुषित भएका छन् । नेपाल सरकार, मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले ठाकुरलाई संविधान दिवस २०७८ को अवसरमा प्रबल जनसेवाश्री घोषणा गरेको हो ।