सर्लाही । सर्लाहीमा मोटरसाइकल दुर्घटनामा परि ३ जनाको मृत्यु भएको छ ।सर्लाहीको ईश्वरपुर नगरपालिका वडा नम्बर ३ स्थित बयलवास भक्तिपुर सडकखण्ड अवस्थित सागरनाथ जंगलमा मोटरसाइकल दुर्घटना हुँदा मोटरसाइकलमा सवार तीन जनाको मृत्यु भएको सर्लाही प्रहरीले जनाएको छ ।
पाल्पा । पाल्पामा भएको मलामी सवार बस दुर्घटनामा मृत्यु हुने ६ जनाको सनाखत भएको छ । दुर्घटनामा परेका घाइते १६ जनाको नाम पनि खुलेको छ । मृतक ७० वीरबहादुर विश्वकर्माको दागबत्ती दिनको लागि गएको बस दुर्घटनामा उनका छोरासहित ८ जनाको मृत्यु भएको थियो । मृतक ६ जनाको सनाखत भएको जिल्ला प्रहरी कार्यालय पाल
जाजरकोट । स्वदेशी लगानीमा निर्माण हुन लागेको १०६ मेगावाट क्षमताको अर्धजलाशययुक्त जगदुल्ला जलविद्युत् आयोजनाले गति लिएको छ । डोल्पाका लागि मात्र नभई कर्णालीकै भविष्यसँग उक्त आयोजना जोडिएको छ ।
बागमती । बागमती प्रदेशका कृषि, पशुपक्षी तथा मत्स्यमन्त्री वसुन्धरा हुमागाईंले नेपालको समग्र कृषि उत्पादनमा बागमती प्रदेशको योगदान १७ प्रतिशत रहेकाले यसको दिगो विकासका लागि जोड दिनुपर्ने बताएका छन् ।
काठमाडौं । चालु आर्थिक वर्षको पहिलो चार महिनामा विभिन्न जातका एक लाख ९६ हजार ४५ मेट्रिक टन मकैका बीउ आयात भएका छन् । मकै खेती गर्ने मौसम सुरु हुनै लाग्दा सो परिमाणको मकैका बीउ आयात भएका हुन् ।
काठमाडौं। प्रहरीमा दर्ता भएको तथ्यांकलाई मात्रै आधार मान्दा नेपालमा हरेक वर्ष सरदर २५ सय व्यक्तिले सवारी दुर्घटनामा ज्यान गुमाउने गरेका छन् । वार्षिक सरदर पाँच हजार व्यक्ति गम्भीर घाइते हुने गरेका छन् ।
काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले कृषि क्षेत्रलाई उत्पादनमा मात्र सीमित नराखी उद्योगमा बदल्नुपर्नेमा जोड दिएका छन् । नेपाल कृषि सहकारी केन्द्रीय सङ्घ लिमिटेडको चौधौँ वार्षिक साधारणसभा शुभारभ्भ गर्दै उनले उत्पादनमुखी अर्थतन्त्र निर्माण गर्न कृषिलाई बढवा दिनुपर्ने बताएका हुन् ।
काठमाडौं । कक्षा १ देखि तिन सम्मका सामुदायिक बिद्यालयका पाठ्यपुस्तक छपाई तथा बितरण गर्न निजी क्षेत्रका मुद्रक तथा बितरकलाई नविकरण वा सूचिकरणका लागि पुनः बिहिबार गरेको आह्वानप्रति नेपाल मुद्रण उद्योग महासंघले गम्भिर आपत्ति प्रकट गरेको छ ।
काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा २३५ जना नयाँ संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार विगत २४ घण्टामा आरटी पीसीआर परिक्षण गर्दा २२४ जना र एन्टिजन परिक्षण गर्दा ११ जना गरि जम्मा २३५ जना नयाँ संक्रमित थपिएका हुन् ।