काठमाडौं । करको दर हेरफेरका सन्दर्भमा निवर्तमान अर्थमन्त्री जनार्दन शर्मामाथि छानविन गर्न गठित संसदीय विशेष छानविन समितिले मोटामोटी छलफल सकाएको छ । अब निचोड निकाल्ने तिर केन्द्रित हुने समिति सदस्यहरुले बताएका छन् ।
काठमाडौं । सरकारले बजेट खर्चमा संशोधित लक्ष्य पनि भेटाउन सकेको देखिएको छ। महालेखा कार्यलयको तथ्याँक अनुसार गत आर्थिक वर्षमा सरकारले ७९ प्रतिशत बजेट खर्च गरेको छ।
काठमाडौँ । सभ्य, सुन्दर र व्यवस्थित सहर निर्माणमा सबैपक्षको सुझाव सङ्कलन गर्ने उद्देश्यले सहरी विकास मन्त्री मेटमणि चौधरीले जनतामा जाने कार्यक्रम सुरु गरेका छन् ।
काठमाडौं । काठमाडौं महानगरपालिकाले कक्षा ८ सम्म दिवा खाजा विस्तार गर्ने भएको छ । महानगरपालिकाका शिक्षा शाखा अधिकृत रामप्रसाद सुवेदीले महानगरले आगामी आर्थिक वर्षदेखि कक्षा ८ सम्म दिवा खाजा विस्तार गर्ने जानकारी दिएका छन् ।