काठमाडौं । माध्यमिक शिक्षा परीक्षा (एसईई) मा विद्यार्थीले १०० पूर्णाङ्कको परीक्षामा न्यूनतम ३५ अंक नल्याए फेल हुने भएका छन् । लेटर ग्रेडिङ निर्देशिका, २०७८ मा सैद्धान्तिक परीक्षामा ३५ प्रतिशत अंक नल्याए विद्यार्थी फेल हुने व्यवस्था गरिएको छ ।
काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले बुधबार एसईई परीक्षाको नतिजा सार्वजनिक गरेको छ । नतिजाअनुसार ३.६ देखि ४ जीपीए ल्याएर ९ हजार ६३३ जना उत्तीर्ण भएका छन् । यस्तै ३.२ देखि ३.६ जीपीए ल्याएर ४१ हजार ६२७ जना विद्यार्थी उत्तीर्ण भएका छन् ।
काठमाडौं । नेपाल राष्ट्र बैंकले तीन महिनामा मूल्यवृद्धि १४ प्रतिशत पुग्ने जनाएको छ । राष्ट्र बैंकले एक सर्वेक्षण जारी गर्दै आउँदा तीन महिनामा मूल्य वृद्धिदर १४ प्रतिशत पुग्ने जनाएको हो । साथै एक वर्षमा मूल्यवृद्धि १३.५ प्रतिशत पुग्ने पनि राष्ट्र बैंकले प्रक्षेपण गरेको छ ।
काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीद्धारा शुक्रबार सार्वजनिक गरिएको मौद्रिक नीतिले करिब ८ महिना देखि बजारमा देखिएको तरलता अवस्थामा थप दबाव सिर्जना गर्ने देखिएको छ ।
काठमाडौं । बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सीबीफीन)ले मौद्रिक नीतिमार्फत चालिएका कदमले तरलता व्यवस्थानमा कठिनाइ देखिएको भन्दै आत्मनिर्भर अर्थतन्त्र निर्माणका लागि थप चुनौतिपूर्ण हुने बताएको छ ।
विराटनगर । भारतको वथनाहबाट मोरङको विराटनगरसम्म निर्माणको अन्तिम चरणमा पुगेको मालवाहक रेल्वे संचालन पूर्व तयारीका सम्वन्धमा उद्योग संगठन मोरङमा भएको वैठकमा भारतीय रेल्वे कटिहार डिभिजनका डिभिजनल मेनेजर एस.के. चौधरीले विराटनगर देखि कार्गो रेल्वे अविलम्व संचालनमा ल्याउने वताए ।