काठमाडौं । पाकिस्तानमा आएको ऐतिहासिक वर्षा र बाढीबाट ३ करोड ३० लाखभन्दा बढी मानिस प्रभावित भएका छन् । जुनदेखि मनसुनी वर्षा र बाढीमा ९०० भन्दा बढी मानिसको मृत्यु भएको छ ।
देउखुरी । नेकपा एकीकृत समाजवादीका पोलिट्व्यूरो सदस्य एवं सहरी विकास मन्त्री मेटमणि चौधरीले दाङ क्षेत्र नम्बर १ बाट आफू नै गठबन्धनको साझा उम्मेदवार भएको बताएका छन् ।
काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले आयात र रेमिट्यान्सले मात्रै देश नचल्ने बताएका छन्। नेपाल उद्योग व्यापार महासंघ चितवनको पाँचौं जिल्ला सम्मेलनमा आज उनले आन्तरिक उत्पादनको राजश्वले देश चल्ने बनाउनुपर्ने बताए।
काठमाडौं । सुनकोशी-३ जलविद्युत आयोजनाको लगानी र निर्माण मोडालिटी टुंग्याउन बंगलादेश सहमति भएको छ । विहबिार बसेको नेपाल-बंगलादेश ऊर्जा सचिवस्तरीय बैठकमा बंगलादेश नेपाल विद्युत प्राधिकरण र बंगलादेश पावर डेलभमेन्ट बोर्डबीच संयुक्त कम्पनी स्थापना गरेर सुनकोसी-३ अगाडि बढाउन सहमत भएको छ ।
काठमाडौं । उच्च अदालत जनकपुरले सोनाली उर्फ निहारिका राजपुत प्रकरणमा शिवराज श्रेष्ठ र पीडित बच्चाको डिएनए टेस्ट गर्न आदेश दिएको छ । बुधबार उच्च अदालत जनकपुरका न्यायाधीश भोजराज अधिकारी र रेखा थापा पाण्डेको संयूक्त इजलासले यस्तो आदेश दिएको हो ।
काठमाडौं । शरद ऋतुका लागि हिमाल चढ्न आरोहण अनुमति दिन सुरु गरिएको छ । पर्यटन विभागका अनुसार बुधबारसम्म ३ वटा हिमाल चढ्न कुल १५ जनाले अनुमति लिइसकेका छन् ।
कञ्चनपुर। विश्व हिन्दू परिषद् नेपाल कञ्चनपुरद्वारा थारू गुरुवा, भगत, भर्रा, भलमनसा सम्मान कार्यक्रम सम्पन्न गरिएको छ । थारु संस्कृति रक्षार्थ विशिष्ट योगदान पु¥यानु हुने व्यक्तित्वहरुलाई परिषद्ले समय–समयमा सम्मान गर्दै आएको छ ।
काठमाडौं । काठमाडौं उपत्यकासँगै देशका विभिन्न ठाउँमा डेङ्गु ज्वरोका बिरामी बढेको पाइएको छ । लामखुट्टे धेरै पाइने तराई–मधेश तथा पहाडी क्षेत्रमा डेङ्गुको सङ्क्रमण बढ्दै गएको छ ।
काठमाडौं । सरकारले भारत सरकारलाई गहुँ आयात खुला गर्न आग्रह गर्दै पत्र लेखेको छ । नेपाल मैदा उद्योग संघको प्रतिनिधि मण्डलसँगको भेटमा मन्त्रालयले बुधबार नै यस्तो पत्र लेखेको जानकारी दिएको हो ।
काठमाडौं । काभ्रेपलान्चोक र रामछाप जिल्लाको सीमानामा पहिचान भएको ६८३ मेगावाटको सुनकोशी तेस्रो जलाशययुक्त जलविद्युत आयोजनामा लगानी गर्न बंगलादेश तयार देखिएको छ ।