काठमाडौं । चालु आर्थिक वर्षको पहिलो महिनामा कुल वस्तु आयात १२.९% ले कमी आएर १ खर्ब ३१ अर्ब २९ करोड रुपैयाँ कायम भएको छ । नेपाल राष्ट्र बैंकले बिहीबार सार्वजनिक गरेको तथ्यांक अनुसार अघिल्लो वर्षको सोही अवधिमा यस्तो आयात ७५.७% ले बढेको थियो ।
काठमाडौं । १०६१ मेगावाट क्षमताको अपर अरुण निर्माणका लागि लगानी जुटेको छ । जलविद्युत लगानी तथा विकास कम्पनी लिमिटेडको (एचआइडिसिएल)को नेतृत्वमा सहवित्तीयकरण मार्फत ५३ अर्ब १४ करोड लगानी जुटेको हो ।
जनकपुरधाम । विश्व हिन्दू परिषद् नेपाल, जनकपुरधामद्वारा शुद्धीकरण यज्ञ (घरवापसी कार्यक्रम) सम्पन्न भएको छ । परधर्म अपनाएका स्वजनहरुलाई पुनः स्वधर्ममा स्वागतका लागि अयोजित उक्त कार्यक्रममा विविध कारणले स्वधर्म (हिन्दूधर्म) छोडेर इसाईकरणको षड्यन्त्रमा फसेर धर्मान्तरित भएका हिन्दू समाजका १७ परिवारका ५०
इलाम । विभिन्न एकीकृत सहरी पूर्वाधार निर्माण कार्यक्रम अन्तर्गत सूर्याेदय नगरपालिकामा ५० करोडका कार्यक्रम धमाधम शिलान्यास भएका छन् । पूर्व प्रधानमन्त्री झलनाथ खनाल र शहरी विकास मन्त्री मेटमणि चौधरीले ६ महत्वपूर्ण सडक शिलान्यास गरेका छन् ।
काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले नेपालका हिमालको रक्षा भएमा मात्रै बिश्वका डेड अरब मानिसको लागि आवश्यक पर्ने पानीको सुरक्षा हुने बताएका छन् । बुधबार दक्षिण कोरियामा आयोजित एसिया प्रशान्त क्षेत्रका मन्त्रीहरुको बैठकमा नेपालको तर्फबाट आफ्ना धारणा राख्दै उनले उक्त कुरा बताएका हुन ।
काठमाडौं । आज बिहीबार गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही ठाउँमा बिहानैदेखि मेघगर्जन र चट्याङसहित पानी परिरहेको छ । यस्तै, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही ठाउँमा तीन दिन नै ठूलो वर्षाको सम्भावना छ ।
काठमाडौं । सार्वजनिक–निजी साझेदारीमा कार्यान्वयन गरिने प्राविधिक र आर्थिक दृष्टिले सम्भाव्य लगानीयोग्य परियोजनाहरूको संग्रहको सूची तयार गर्ने उद्देश्यले लगानी बोर्डले तयार पारेको परियोजना बैंक निर्देशिका सार्वजनिक भएको छ ।