राँझा । नेपालगञ्जको सांस्कृतिक पहिचानको रुपमा डेढसय वर्षदेखि सञ्चालन हुँदै आएको रामलीला महोत्सवले दसैँ पर्वको रौनक ल्याएको छ । प्रत्येक वर्ष दसैँका अवसरमा नेपालगञ्जको रामलीला मैदानमा रामलीला महोत्सव मञ्चन हुँदै आएको छ । यो वर्ष रामलीलाको एक सय ५५ औैं संस्करण असोज १० गते घटस्थापनादेखि प्रारम्भ भएकोे
देउखुरी । नेकपा (एकीकृत समाजवादी)का पोलिट्ब्यूरो सदस्य एवं सहरी विकास मन्त्री मेटमणि चौधरीले जनताको सर्वाेच्च निकाय प्रतिनिधि सभा भंग गर्नेहरुलाई जनताले सजाय दिने सुनौलो अवसर आएको बताएका छन् ।
काठमाडौं । डेङ्गुका कारण साउनयता नेपालमा ४२ जनाको मृत्यु भएको छ । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका अनुसार हिजो बेलुकासम्मको तथ्यांक अनुसार अहिलेसम्म डेङ्गु भएर ४२ जनाको ज्यान गएको पुष्टि भएको छ ।
काठमाडौं । निर्वाचन आयोगले प्रत्यक्षतर्फको उम्मेदवारी दर्ताका लागि २३ असोजको मिति तोकेको छ। आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलका अनुसार मनोनयन पत्र दर्ता गर्न २३ असोज आइतबार बिहान १० बजेदेखि साँझ ५ बजेसम्म समय तोकिएको हो ।
काठमाडौं । हनुमानढोका दरबारस्थित मूल चोकमा आज बिहान ५४ बोका र ५४ राँगाको बलिसहित पूजाआराधना गरिएको छ । यो चोकमा फूलपातीदेखि नै तलेजु भवानीको मूर्ति ल्याई राखिएको छ ।
थारु गाउँमा दसैँको रौनकता छाएको छ । सखिया, झुम्रा, छोक्रा, मुङ्ग्रहवालगायतका नृत्य र लोकभाकाले थारु गाउँ गुञ्जायमान भएका छन् । विगतका दुई वर्ष कोरोना सङ्क्रमणका कारण थारु समुदायले दशैँलगायतका चाडपर्व सहजरुपमा मनाउन पाएका थिएनन् ।
काठमाडौं । चालू आर्थिक वर्ष २०७९/८० को २ महिनामा विदेशबाट १ करोड ३ लाख ३२ हजार रुपैयाँको तास भित्रिएको छ । भन्सार विभागले सार्वजनिक गरेको तथ्यांकअनुसार साउन र भदौको अवधिमा उक्त मूल्य बराबरको तास भित्रिएको हो ।
काठमाडौं । हिन्दू धर्माम्बलम्बी नेपालीको महान चाड दसैँलाई हरेक वर्ष बजारले नयाँ–नयाँ रौनकतासहित स्वागत गरेको छ । कोराना महामारीले अघिल्ला दुई वर्ष सुनसान बनेका बजार क्षेत्रमा यस वर्ष भने पुनः वस्तु वा सेवा खरिद बिक्री गर्नेको भिडभाड दोहोरिएको छ ।