काठमाडौ । २०७४ पछि नेकपा एमालेसँग राजनैतिक सहकार्य गदै आएको नेपाल परिवार दलका अध्यक्ष तथा पूर्व मन्त्रि एकनाथ ढकाललाई नेकपा एमालेले उच्च प्राथमिकता सहित प्रतिनिधि सभामा समानुपातिक उम्मेदवार बनाएको छ ।
काठमाडौं । अविरल वर्षाका कारण बाँकेको पश्चिम राप्ती र बर्दियाको बबई नदीको बाढीले खतराको तह नाघेको छ । बाढी सूचना केन्द्रका अनुसार दुबै नदीमा जल सतह ६ मिटर नाघेको छ ।
काठमाडौं । क्रिकेटको राष्ट्रिय टोलीका निलम्बित कप्तान सन्दीप लामिछानेलाई प्रहरीले पक्राउ गरेको छ । कतार एयरवेजको विमानबाट आज बिहान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ओर्लिएलगत्तै उनलाई पक्राउ गरिएको हो ।
काठमाडौं । यसपालीको दशैं हिलाम्मे भएको छ । हिजो महानवमीदेखि निरन्तर परिरहेको पानी आजसम्म पनि रोकिएको छैन । जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको मौसम पूर्वानुमान महाशाखाले आज पनि देशभर बदली हुने र धेरै जसो स्थानमा वर्षा हुने जनाएको छ ।