काठमाडौं । जनता समाजवादी पार्टी, नेपाल सम्बद्ध नेपाल बौद्धिक पेसाकर्मी महासंघको भेला भोलि माघ २८ गते शनिबार हुने भएको छ । पार्टी सम्बद्ध प्राध्यापक, कानुन व्यवसायी, शिक्षक, पत्रकार, बैंकिङ तथा निजामती कर्मचारी, इञ्जिनियरहरु भेलाले नेपाल बौद्धिक पेसाकर्मी महासंघको समिति गठन गर्ने छ ।