हेटौँडा– प्रदेश नं ३ का आर्थिक मामिला तथा योजना मन्त्री कैलाश ढुंगेलले आर्थिक वर्ष २०७५÷७६ को विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकताको सन्दर्भको ‘पूर्व बजेट’ प्रस्तुत गरेका छन् ।
तनहुँ (आपास) । पृथ्वी राजमार्गमा पर्ने मुग्लिङ–कोत्रे सडक खण्डअन्तर्गत ७२ किलोमिटरभित्र सडक अतिक्रमण गरी निर्माण गरिएका घरटहरा हटाइने भएको छ । सडक डिभिजन कार्यालय तनहुँले बुधवार ३५ दिने सूचना जारी गर्दै उक्त कार्य अगाडि बढाएको जानकारी दिएको हो ।