काठमाडौं । नेपालमा पहिलो पटक ह्याकर सम्मेलन हुने भएको छ । यही मंसिर ६ र ७ गते अन्तरराष्ट्रिय साइबर सुरक्षा सम्मेलन ‘थ्रेट कोन’ आयोजना हुने भएको छ । सम्मेलन विश्वकै प्रसिद्ध ब्ल्याकट ह्याट र डीइएफ कोनको नेपालको समकालिन सम्मेलन हो ।
काठमाडौं । मध्यपहाडी लोकमार्ग आयोजनाले सरकारसँग ४ अर्ब रुपैयाँ थप बजेट मागेको छ । चालू आर्थिक वर्षको बजेट सकिने अवस्थामा पुगेको र काम भइसकेका वक्यौताको भुक्तानी दिन थप बजेट मागेको मध्यहाडी लोकमार्ग आयोजनाले जानकारी दिएको हो ।
काठमाडौं । नागरिक लगानी कोषबाट संचालित कर्मचारी बचत बृद्धि स्वीकृत अवकाश कोष कार्यक्रममा फिर्ता भुक्तानी गर्दा लाग्ने कर सम्बन्धमा विभिन्न संचार माध्यम तथा सामाजिक संजालमा द्विविधाका समाचार आईरहेकोले सो सम्बन्धमा सस्थाले स्पष्ट पारेको छ ।
काठमाडौं । सरकारले लामो समयको गृहकार्य पश्चात आज सोमबारदेखि राष्ट्रिय परिचय पत्र वितरण गर्दैछ । जैविक तथा वैयक्तिक विवरण सहितको राष्ट्रिय परिचयपत्र पाँचथरको फिदिममा एक कार्यक्रमको आयोजना गरी वितरण गर्न लागिएको राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागले जानकारी दिएको छ ।
काठमाडौं । स्वतन्त्र युवाहरुको समूह हामी दाजुभाइको आयोजनामा सोमबार अन्तरराष्ट्रिय पुरुष दिवस मनाइएको छ । ‘सबै पुरुषहरु हिंसालु र बलात्कारी हुँदैनन’ भन्ने मूल नाराका साथ पुरुषहरुलाई असल र आदर्श पुरुष बन्नका लागि उत्प्रेरणा दिन कार्यक्रम गरिएको आयोजकले जानकारी दिएको छ ।
काठमाडौं । ‘सुरक्षित, व्यवस्थित र नियमित आप्रवासन, सबैका लागि समान लाभ’ भन्ने मूल नारासाथ बिहीवारदेखि काठमाडौंमा सञ्चालित भएको कोलम्बो प्रोसेसको छैटौं मन्त्रीस्तरीय परामर्श बैठक हिजो शनिवार सकिएको छ ।