काठमाडौं । राष्ट्रिय चिकित्सा शिक्षा विधेयक, २०७५ माथिल्लो सदनबाट पारित गर्ने सरकारले तयारी गरेको छ । दिउँसो दुई बजे बोलाइएको राष्ट्रियसभा बैठकमा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोखरेलले विधेयक पारित होस् भन्ने प्रस्ताव पारित गर्ने कार्यसूची छ ।