काठमाडौं । नेपालमा आयात हुने तरकारी तथा फलफूलमा विषाादी परीक्षण नगर्ने मन्त्रिपरिषदको निर्णय कार्यान्वयन नगर्न सर्वोच्च अदालतले अन्तरिम आदेश दिएको छ । न्यायाधीश डा. आनन्दमोहन भट्टराईको एकल इजलासले मन्त्रिपरिषदको १८ असारको निर्णय कार्यान्वयन नगर्न भनेको हो ।
काठमाडौं । सरकारले चालु आर्थिक वर्षको बजेटमा निकै महत्व दिएर ७ प्रकारका सहुलियतपूर्ण कर्जा कार्यक्रम लागु गरेकोमा कृषि बाहेकका कर्जामा आकर्षण कम देखिएको छ । कृषि कर्जा बाहेक अन्य कार्यक्रम भने असफलताउन्मुख बनेका छन् । यसअन्तरगत ९ महिनामा राज्यको ३४ अर्बभन्दा बढि लगानी भइसकेको छ ।
काठमाडौं । संसदीय सुनुवाइ समितिले चार देशमा राजदूत सिफारिस भएकाहरूलाई अनुमोदन गरेको छ । समितिले सोमबार अष्ट्रेलिया, कतार, स्पेन र बंगलादेशका राजदूत सिफारिस भएका चार जनाको सुनुवाइ गरेको थियो ।
काठमाडौं । सरकारले सार्वजनिक खरिद अनुगमन नियम विपरित काम गरेको भन्दै विभिन्न ५ ठेकेदार कम्पनीलाई कालो सुचीमा राखेको छ । सोमबार विभिन्न सुचना जारी गर्दै सार्वजनिक खरिद अनुगमन कार्यालयले विभिन्न जिल्लामा ठेक्का ओगट्ने तर काम गुणस्तरिय र समयमै नगर्ने उक्त ५ ठेकेदार कम्पनीलाई कालोसुचीमा राखेको हो ।
काठमाडौं । विदेशी लगानी ल्याउनको लागि आकर्षक गन्तब्य बनाउन तथा यस्तो लगानीबाट उच्च प्रतिफल प्राप्त गर्न सक्नेमा अन्तरराष्ट्रिय स्तरमा विश्वास जगाउनुपर्ने समय आएको अर्थमन्त्री डा। युवराज खतिवडाले बताएका छन् ।