काठमाडौं । नेपाल वायुसेवा निगमले एक दशकपछि विहिबारदेखि जापान उडान शुरु गरेको छ । विहिबार विहान साढे दुई बजे १ सय ५१ जना यात्रुसहित ओशाका उडान गरेको हो ।
काठमाडौं । विज्ञापन नियमनसम्बन्धी विधेयक प्रतिनिधिसभाबाट बिहीबार पारित भएको छ । राष्ट्रियसभाबाट पारित भएको यो विधेयकलाई प्रतिनिधिसभाले बहुमतले पारित गरेको हो ।
काठमाडौं । अर्थमन्त्री डा युवराज खतिवडाले सरकारले आर्थिक समृद्धिलाई केन्द्रमा राखेर नीतिनियम तथा काम कारवाहीलाई अगाडि बढाएकाले अर्थतन्त्रमा सकारात्मक प्रभाव देखापरेको बताएका छन् ।
काठमाडौं । सुन्धारामा रहेको गोश्वारा हुलाक कार्यालय चारखाल डिल्लीबजार सारिएको छ । धरहरा पुनर्निर्माण काम भइरहेको र हुलाक कार्यालय रहेको जग्गामा फूलबारी, भूमिगत पार्किङ बनाउनका लागि कार्यालय सारिएको हो ।
काठमाडौं । यसपटकको दशैका लागि २० दिन अगाडी नै नयाँ नोट बाँड्ने गरी राष्ट्र बैंकले तयारी शुरु गरेको छ । यसबर्ष झण्डै १३ अर्बको हाराहारीमा नयाँ नोट सटही गर्ने तयारी भएको राष्ट्र बैंकका प्रवक्ता लक्ष्मी प्रपन्न निरौलाले जानकारी दिए ।
काठमाडौं । अहिले भारतीय मुद्रा घट्दो क्रममा रहेको छ । भारतको स्थानीय बजारमा मुद्रामा आएको कमीले विदेशी लगानीकर्ताले स्थानीय इक्विटीबाट नगद झिकिरहेका छन् । यसले भारतीय व्यापारयुद्ध गर्माउने देखिएको छ ।
काठमाडौं । निजगढ जोड्ने द्रुतमार्ग निर्माणका लागि १ खर्ब ७५ अर्ब रुपैयाँ आवश्यक पर्ने नेपाली सेनाले जानकारी दिएको छ । मन्त्रिपरिषदले हालै स्वीकृत गरेको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर)अनुसार त्यति रकम लाग्ने जानकारी दिइएको हो ।
काठमाडौं । धुलिखेलमा रहेको काठमाडौं विश्वविद्यालयका प्राध्यापक र कर्मचारी संघले उपकुलपति, रजिष्ट्रार र डिनको कार्यालयमा लगाएको ताला बुधबार २१ दिन बितिसक्दा पनि खुलेको छैन ।