काठमाडौं । उज्यालोको चाड तिहारको आगमनसँगै झिलीमिली बत्तिको आयात बढेको छ । तिहारकै लागि भनेर विभिन्न खालका दीयो, मालाबत्ती लगायत झण्डै करिब ६० करोड रुपैयाँको विद्युतीय झिलीमिली बत्ति विदेशबाट आयात हुने गरेको नेपाल विद्युतीय व्यवसायी महासंघको अनुमान छ ।