काठमाडौं । सर्वोच्च अदालतले कोरोना भाइरसको संक्रमण रोकथामका लागि केही दिन वा महिनाका लागि अन्तर्रा्ष्ट्रिय उडान रोक्न सरकारको नाममा अन्तरिम आदेश जारी गरेको छ ।
काठमाडौं । बंगलादेशसंग सचिवस्तरीय द्विपक्षीय वाणिज्य–व्यापार वार्ताका लागि नेपाली टोली राजधानी ढाका प्रस्थान गरेको छ । वाणिज्य तथा आपूर्ति सचिव डा. बैकुण्ठ अर्याल नेतृत्वको टोली सोमबार ढाका प्रस्थान गरेको उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले जनाएको छ ।
काठमाडौं । राष्ट्रिय योजना आयोगले दीर्घकालिन प्रभाव पार्ने क्षमता भएका गेमचेन्जर(रुपान्तरणकारी) आयोजना सार्वजनिक गरेको छ । आयोगले स्वीकृत गरेको १५ औं योजनामा समावेस गरिएका ती आयोजनाको कूल लागत १९ खर्ब हुने उपाध्यक्ष डा पुष्प कँडेलले जानकारी दिए ।
काठमाडौं । नेपालमा उत्पादन हुने कफी र पश्मिनाको प्रवर्द्धन तथा बजारीकरणका लागि युरोपियन युनियनले ८ मिलियन युरो अर्थात ९१ करोड ९३ लाख १२ हजार रूपैयाँ सहयोग गर्ने भएको छ ।
काठमाडौं । चीनबाट शुरु भएको नोवेल कोरोना (कोभिड–१९) भाइरसको संक्रमण भारतको राजधानी नयाँ दिल्लीमा पनि देखिएको छ । एक जना नयाँ दिल्ली र अर्को तेलंगनामा कोरोना संक्रमित भेटिएको त्यहाँको स्वास्थ्य मन्त्रालयले पुष्टि गरेको हो ।
काठमाडौं । मेडिकलको पढाइ गरिरहेकी २० वर्षीया राफिया (परिवर्तित नाम) भारतमा कोरोना भाइरसको पहिलो संक्रमित हुन् । दक्षिण भारतको केरलाको एक अस्पतालमा उनी कोरोना भाइरस संक्रमित रहेको पाइएको थियो । हालै उनले आफ्नो कहानी सार्वजनिक गरेकी छिन् ।
काठमाडौं । विद्यालयहरुले चालु शैक्षिक सत्रको वार्षिक परीक्षा आगामी चैत ५ गतेसम्ममा सम्पन्न गरिसक्नुपर्ने भएको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका सचिव महेशप्रसाद दाहालको संयोजकत्वमा आज बसेको बैठकले सो निर्णय गरेको हो ।