काठमाडौं । चीनले कोरोना भाइरस कोभिड–१९ को खोपको विषयमा अनुसन्धान भइरहेको बताएको छ । र, आपतकालीन प्रयोगका लागि अर्को महिना केही खोप उपलब्ध हुन सक्ने बताएको छ ।
काठमाडौं । भारतीय राजदूत विनयमोहन क्वात्राले नेपालमा केपी शर्मा ओली नेतृत्वमा सरकार बनेपछि भारतसँग सबैभन्दा धेरै ऊर्जा क्षेत्रमा सहकार्य भएको बताएका छन् ।
न्यूयोर्क । अमेरिकी डेमोक्रेटिक पार्टीका तर्फबाट आगामी राष्ट्रपतिको उम्मेदवार छनौट गर्न भइरहेको पार्टीको चुनावमा न्यूयोर्कका पूर्वमेयर माइकल ब्लूमबर्गले अपेक्षित नतिजा प्राप्त गर्न नसकेपछि उम्मेदवारी परित्याग गर्ने भएका छन् ।
काठमाडौं । अबदेखि बैंकमा सुन राखेर पनि ब्याज पाइने व्यवस्था कार्यान्वयनमा आएको छ । नेपाल राष्ट्र बैंकले चालू आर्थिक वर्षको मौद्रिक नीतिमा गरेको व्यवस्थालाई बिहीबारदेखि कार्यान्वयनमा ल्याएसँगै अबदेखि सुनलाई पनि निक्षेपको रुपमा राख्न पाइने भएको हो ।
काठमाडौं । विश्व स्वास्थ्य संगठनले दक्षिण र दक्षिणपूर्वी एसियाका देशहरुमा कोरोना भाइरसको संक्रमण देखिन थालेको भन्दै सतर्क रहन आग्रह गरेको छ । विश्व स्वास्थ्य संगठन दक्षिणपूर्वी एसिया क्षेत्रका क्षेत्रीय निर्देशक क्षेत्रपाल सिंहले एक विज्ञप्ति जारी गर्दै सतर्कता अपनाउन आग्रह गरेका हुन् ।
प्रतिरक्षा मेडिकल सामग्रीको अभाव तथा मूल्य बृद्ध भएको बारे विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)ले मेडिकल सामग्री उत्पादक तथा सरकारहरूको ध्यानाकर्षण गराएको छ।
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले नोवल कोरोना भाइरसको सङ्क्रमणका कारण ‘पार्टी एकता सुदढीकरण तथा जनसम्बन्ध विस्तार अभियान’ अन्तर्गतका ठूला भेला स्थगित गरेको छ ।
काठमाडौं । जिल्ला प्रशासन कार्यालय, काठमाडौंले भिड जम्मा भएर होली खेल्न निषेध गर्ने भएको छ । साथै, काठमाडौंमा सार्वजनिक रुपमा आयोजना हुने औपचारिक कार्यक्रमका लागि अनिश्चितकालसम्मका लागि स्वीकृति नदिने भएको छ ।