काठमाडौं । सरकारले कोरोना संक्रमण फैलिएको ८ देशबाट नेपाली नागरिक घर फर्किँदा पनि कडाई गर्ने भएको छ । यसरी आउँदा कोरोना संक्रमण नभएको प्रमाणपत्र पेश गर्नुपर्नेछ, जुन जारी भएको सात दिन कटेको हुनुहुन्न ।
काठमाडौं । सरकारले थप तीन देशका नागरिकलाई ‘अन–अराइभल’ भिसा नदिने भएको छ । अब स्पेन, फ्रान्स र जर्मनीका नागरिकलाई ‘अन–अराइभल’ भिसा नदिइने अध्यागमन कार्यालयले जनाएको छ ।
काठमाडौं । सङ्घीय सरकार कृषि मन्त्रालय र प्रदेश सरकारका कृषि मन्त्रालयबीच पाँच बुँदे समझदारी भएको छ । हिजो र आज सङ्घीय मन्त्री र प्रदेशमन्त्रीबीच भएको छलफलले उक्त समझदारी कायम गरेको हो ।
एजेन्सी । चीनले महामारीको रूप लिएको कोरोनाभाइरसलाई लगभग नियन्त्रणमा ल्याएको छ । आइतबार चीनभित्र जम्मा ४० जनामा मात्र थप संक्रमण देखिएको छ । यी नयाँ बिरामी पनि हुबेई प्रान्तको राजधानी वुहानमा मात्र भेटिएका हुन् । यसको अर्थ कोरोनाको उदगमस्थल वुहानभन्दा बाहिर कोरोना नियन्त्रणमा आइसकेको छ ।
साउदी अरबमा शाही परिवारका तीन सदस्यलाई हिरासतमा लिइएको छ । तीनजनामाथि सत्ताका लागि षड्यन्त्र रचेको आरोप छ । यसमा राजा सलमानका भाइ प्रिन्स अहमद बिन अब्दुलअजीज अल सउद र भतिजो प्रिन्स मोहम्मद बिन नाएफ समावेश छन् । रोयल गार्डले तीनजनालाई नै उनीहरुको घरबाट पक्राउ गरेको हो ।
काठमाडौं । नेपाल चेम्बर अफ कमर्सले कोरोना भाइरस (कोभड १९) नियन्त्रणका लागि त्रिभुवन विमानस्थल र स्वास्थ्य सेवा विभागलाई विभिन्न सामाग्रीहरु उपलब्ध गराएको छ ।
काठमाडौं । साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडले करिब १० महिनासम्म नेपालको माग धान्न सक्नेगरी नुन र ५ महिनासम्म माग धान्नसक्ने चिनी भण्डारण रहेको बताएकाे छ।
काठमाडौं । चीनबाट सुरु भएको कोरोना भाइरस (कोभिड–१९) बंगलादेश र माल्दिभ्समा पनि पुगेको छ । दक्षिण एसियाली देश मध्ये यी दुबै देशमा कोरोनाको संकेत भोटिएको थिएन ।