काठमाडौं । कोरोना भाइरसको संक्रमणबाट बेलायतमा बितेका २४ घण्टामा थप १० व्यक्तिको मृत्यु भएको छ । योसँगै कोरोना भाइरसको संक्रमणबाट बेलायतमा ज्यान गुमाउनेको संख्या २१ पुगेको छ ।
काठमाडौं । स्पेन र फ्रान्सले पनि आपतकालीन प्रतिबन्धको घोषणा गर्दै जमघट, हिँडडुललगायतका कार्यमा प्रतिबन्ध लगाएका छन् । कोरोना कहरबाट बँच्न इटलीले अवलम्बन गरेको उपाय पछ्याउँदै दुई ठूला युरोपेली मुलुकहरू स्पेन र फ्रान्सले पनि आपतकाल घोषणा गरेका हुन् ।
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली कोरोना भाइरसबारे सार्क राष्ट्रका शीर्ष नेतृत्वबीच भिडिओ कन्फरेन्स गर्ने भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको प्रस्तावको स्वागत गरेका छन्।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र आयरल्यान्डका प्रधानमन्त्री लिओ भरदकरले एकअर्कालाई नमस्कार गरी अभिवादन गरेका छन् ।बिहीबार राष्ट्रपति ट्रम्पको ओभल अफिसमा भएको भेटघाटमा उनीहरूले एक अर्कासँग हात मिलाउनुको साटो नमस्कार गरेका हुन् ।
काठमाडौं । वैदेशिक रोजगार कार्यालयले वैदेशिक रोजगारका सबै गन्तव्य मुलुकहरुको श्रम स्वीकृति रोक्का गरेको छ । शुक्रबार एक सूचना जारी गर्दै कार्यालयले अनिश्चितकालका लागि सबै खाले श्रम स्वीकृति रोक्का गरिएको जानकारी दिएको हो ।
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली मिर्गौला प्रत्यारोपणको १० औं दिन अस्पतालबाट घर फर्किएका छन् । १९ फागुनमा अस्पताल भर्ना भएका उनको २१ गते मिर्गौला प्रत्यारोपण गरिएको थियो । मिर्गौला प्रत्यारोपणपछि अस्पतालमै बसेर स्वास्थ्य लाभ गरिरहेका उनी शुक्रबार बालुवाटारस्थित निवासमा फर्किएका हुन् ।
काठमाडौं । नोवल कोरोना (कोभिड १९) भाइरसका कारण साढे दुई महिनामा पाँच हजार भन्दा बढीको ज्यान गएको छ । ३१ डिसेम्बरमा चीनको हुवे प्रान्तबाट सुरु भएको यो भाइरसका कारण शुक्रबार साँझसम्म ३९ देशमा पाँच हजार ८० जनाको मृत्यु भएको हो ।
एजेन्सी । भारतले मार्च १३ बाट लागु हुने गरी विदेशबाट भारत आउन खोजेका सम्पूर्ण आगमनलाई प्रतिबन्ध लगाएको छ । कोरोनाभाइरस प्रकोपले महामारी रुप लिएपछि भारतले उक्त कठोर कदम उठाएको हो । भारतको यात्रा प्रतिबन्ध कोरोनाभाइरसको प्रसार रोक्न कुनै देशले लागु गरेको सबैभन्दा कठोर ‘यात्रा प्रतिबन्ध’ हो ।