काठमाडौं । कोरोना भाइरस (कोभिड–१९) भित्रिन नदिन ५५ देशबाट प्रवेश रोक लगाएको सरकारले भारतबाट पनि अत्यावश्यकबाहेक मानवीय आवतजावतमा रोक लगाउने तयारी गरेको छ । यसबारे भोलि निर्णय हुन सक्ने एक मन्त्रीले बताए ।
अमेरिकामा कोरोना भाइरसको संक्रमण बढ्दै गएको छ। अमेरिकाका ५० वटै राज्यमा पुगेको कोरोनाको संक्रमण आउने महिनामा झनै तीव्र गतिले फैलिने अनुसन्धानकर्ताहरूले चेतावनी दिएका छन्। साथै फरक-फरक अध्ययनले धेरै मानिसको मृत्यु हुने जनाएका छन् ।
काठमाडौं । सरकारले अत्यावश्यक कामबाहेकको अवस्थामा घर बाहिर ननिस्कन आह्वान गरेको छ । बुधबार बसेको कोभिड १९ रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको बैठकले अत्यावश्यक कामबाहेक बाहिर ननिस्कन र हिँडडुल नगर्न सर्वसाधारणलाई आह्वान गरेको हो ।
काठमाडौं । सरकारले माध्यमिक शिक्षा परीक्षा (एसइई) नियमित तालिकामै सञ्चालन हुने बताएको छ । कोरोनाभाइरस (कोभिड–१९) को संक्रमणको जोखिम भए पनि उच्च सतर्कताका साथ परीक्षा सञ्चालन गर्ने तयारी सरकारले गरेको हो ।
काठमाडौं । प्रदेश २ को नामकरणका लागि मंगलबार भएको प्रदेश सभाको मतदानमा चारवटै प्रस्ताव अस्वीकृत भएका छन् । चार वटा नामका लागि मंगलबार दिनभर भएका मतदानमा कुनै प्रस्तावको पक्षमा पनि दुई तिहाई नपुगेपछि मतदान निरर्थक हुन पुगको हो ।
काठमाडौं । यात्रुहरूको संख्या घटेपछि संसारका ठूला एयरलाइन्सले सयौं जहाज ‘ग्राउन्डेड’ गरेका छन् । नेपाल उडान गर्ने अधिकांश एयरलाइन्सको हालत पनि त्यस्तै छ । कोरोना भाइरसको सबैभन्दा ठूलो मार संसारभरनै एयरलाइन्समा परेको छ ।
कोरोना भाइरसबाट युरोपकै सबैभन्दा धेरै प्रभावित मुलुक हो–इटाली । त्यहाँ सोमबारसम्म २७ हजार ९ सय ८० जनामा संक्रमण देखिएको छ । त्यसमध्ये २ हजार १ सय ५८ जनाले ज्यान गुमाएका छन् । अर्थात् त्यहाँ पत्ता लागेका संक्रमितमध्ये ७.७ प्रतिशतको मृत्यु भएको छ ।
काठमाडौं । खानेपानी मन्त्री बिना मगरले भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्मा अर्याललाई ज्ञापनपत्र बुझाएकी छन् । नेपाल भारतबीच सीमा समस्या समाधान गर्न माग गर्दै मन्त्री मगर नेतृत्वको टोलीले मंगलबार ज्ञापनपत्र बुझाएको हो ।
काठमाडौं । सरकारले माध्यमिक शिक्षा परीक्षा (एसईई) स्थगित गरेको छ । परीक्षा शुरु हुने अघिल्लो दिन साँझ मात्र सरकारले स्थगितको निर्णय गरेको हो । कोभिड १९ रोकथाम तथा नियन्त्रण उच्च स्तरीय समितिका संयोजक उपप्रधानमन्त्री ईश्वर पोखरेलले एसईई परीक्षा स्थगित गर्ने निर्णय भएको जानकारी दिए ।