काठमाडौं । चिनियाँ अनलाइन कम्पनी अलिबाबाका संस्थापक तथा एशियाका धनाढ्यमध्येका एक ज्याक माले दक्षिण तथा दक्षिण पूर्वी एशियाका १० देशमा सहयोग गर्ने भएका छन् ।
काठमाडौं । सामाजिक सञ्जालमा “नेपाली सेनाको हेलिकप्टर प्रयोग गरी आकाशबाट कोरोना भाईरस (कोभिड-१९) विरुद्ध किटनासक औषधी छोडिने” हल्ला चलेको भन्दै नेपाली सेनाले आफ्नो गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।
काठमाडौं । नेपालमा कोरोना भाइरस (कोभिड) १९ को संक्रमण फैलिएको र केही व्यक्तिको मृत्यु समेत भएको भन्ने आशयको अडियो रेकर्ड गराएर सामाजिक सञ्जालमा भ्रम फैलाएको अभियोगमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।
काठमाडौं । अत्यावश्यक सेवा बाहेकका सबै सेवाहरु चैत ९ देखि २१ गतेसम्म बन्द गर्ने प्रधानमन्त्री केपी शर्मा ओलीको घोषणापछि अब कुन–कुन सेवाहरु सुचारु हुन्छन् र कुन कुन सेवा बन्द हुन्छन् ? प्रधानमन्त्रीको सम्वोधनले धेरै मानिसमा जिज्ञासा उत्पन्न गराएको छ ।
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सम्बोधनका क्रममा घोषणा गरेका कुराहरु कार्यान्वयनका लागि मुख्य सचिवको संयोजकत्वमा रहेको कार्यदललाई निर्देशन दिइएको छ ।
काठमाडौं । कोभिड १९ सार्क आपतकालीन कोषमा नेपालले १० करोड रुपैयाँ सहयोग गर्ने भएको छ । शुक्रबार राष्ट्रका नाममा सम्बोधन गर्ने क्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले कोषमा १० करोड रुपैयाँ योगदान गर्ने बताएका हुन् ।
एजेन्सी । विश्वभर महामारीका रुपमा फैलिँदै गएको कोरोना भाइरस संक्रमणको सबैभन्दा बढी प्रभाव युरोपमा परेको छ । युरोपका इटाली, स्पेन, बेलायत, स्वीट्जरल्यान्ड लगायतका मुलुकहरुमा कोरोना भाइरस संक्रमणको नकारात्मक प्रभाव परेको छ ।