काठमाडौं । पश्चिमी वायु, स्थानीय वायु र पूर्वी भूभाग नजिक बनेको न्यून चापीय क्षेत्रको प्रभावका कारण देशका अधिकांश स्थानमा पानी परिरहेको छ । साउने झरीको झल्को दिनेगरी परिरहेको यो पानी पर्सिसम्म पर्ने मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाकी मौसमविद गंगा नगरकोटी बताइन् ।