काठमाडौं । सरकारले ‘जहाँ छौं त्यहीं नै चाडबाड मनाऔं ।’ भनेर सबैलाई आग्रह गर्दै आएको भए पनि, दसैं मनाउन घटनास्थापनाकै दिन शनिबार दिउँसो काठमाडौं उपत्यकाबाट २१ हजार यात्रु बाहिरिएका छन् । यद्यपि, यस वर्ष दसैंमा काठमाडौं उपत्यका छाड्नेको संख्यामा भने उल्लेख्य कमी आउने देखिएको छ ।