काठमाडौं । सुन आयातको सिमा बढेको छ । केन्द्रिय बैंकले बिहीबार एक परिपत्र जारी गर्दै सुन आयातको सिमालाई बढाएर दैनिक २० केजी सुन आयात गर्न पाउने व्यवस्था गरेको हो ।
काठमाडौं । सन् २०२१ मा नेपालको कुल ग्राहस्थ उत्पादन (जीडीपी) २.७ प्रतिशतले वृद्धि हुने विश्व बैंकले प्रक्षेपण गरेको छ । विश्व बैंकले रेमिट्यान्स आप्रवाहमा भएको वृद्धिका कारण जीडीपीमा सुधारको प्रक्षेपण गरेको छ ।
काठमाडौं । नेपाल राष्ट्र बैंकले भुक्तानी सेवा प्रदायक संस्थालाई विभिन्न निर्देशन जारी गरेको छ । केन्द्रिय बैंकले संस्थागत सुशासन, जोखिम व्यवस्थापन तथा ग्राहक हित संरक्षण गर्ने सम्बन्धमा मंगलबार विभिन्न निर्देशन जारी गरेको हो ।
काठमाडौं ।ललितपुर महानगरपालिका १४ नख्खुमा पनि बर्ड फ्लु संक्रमण पुष्टि भएको छ । स्थानीय किसानले पालेको हाँस, लोकल कुखुरा र बट्टाईमा बर्ड फ्लु संक्रमण पुष्टि भएको कृषि तथा पशुपन्छी विकास मन्त्रालयले जनाएको छ ।
काठमाडौं । सामाजिक सुरक्षा कोषले हालसम्म योगदानकर्तालाई दाबी भुक्तानीबापत झण्डै ५ करोड रुपैयाँ भुक्तानी गरेको छ । विभिन्न चार योजनाअन्तर्गत १ हजार ४ सय ३५ योगदानकर्तालाई ४ करोड ७३ लाख रुपैयाँ दाबी भुक्तानी गरिएको कोषले जनाएको छ ।
काठमाडौं । काठमाडौं उपत्यकालगायत देशका विभिन्न स्थानमा शुक्रबारदेखि अचानक देखिएको तुवाँलो र बढेको वायु प्रदूषणको स्तर केही समयसम्म रहन सक्ने देखिएको छ ।
काठमाडौं । भारतमा पछिल्लो २४ घण्टामा एकैदिन ६८ हजारभन्दा धेरै कोरोना संक्रमित फेला परेका छन् । भारतको स्वास्थ्य मन्त्रालयका अनुसार उक्त अवधिमा ६८ हजार २० नयाँ संक्रमित भेटिएका हुन् । भारतमा गत अक्टोबरयता एकैदिन सबैभन्दा धेरै कोरोना संक्रमित फेला परेका हुन् ।