काठमाडौं । भारतमा आँखा बिगार्ने ‘कालो ढुसी’बाट संक्रमित भएका करिब ९ हजार मानिसहरु भेटिएका छन् । सामान्य हिसाबमा दुर्लभ मानिने यो संक्रमणलाई म्यूकर माइकोसिस भनिन्छ । निकै जोखिमपूर्ण मानिएको यो संक्रमणबाट हुने मृत्युदर ५० प्रतिशत छ । केही मानिसहरुलाई मात्र आँखा हटाएर बचाइएको छ ।