काठमाडौं । चालु आर्थिक वर्षको मौद्रिक नीति यो हप्ता शुक्रबार वा अर्को हप्ता आइतबार आउने भएको छ । सोमबार इकोनोमिक मिडिया सोसाईटी नेपाल (इम्सन) का पदाधिकारीसँगको भेट नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले आगामी आइतबारसम्ममा मौद्रिक नीति ल्याउने तयारी रहेको बताएका हुन् ।