गोर्खा सत्याग्रह संयुक्त संघर्ष समितिको आव्हानमा २१ जुलाईदेखि रिले अनसन गरिरहेका भूतपूर्व गोर्खाहरुले भोलि शनिबार ७ अगस्टबाट भोक हड्ताल शुरु गर्ने भएका छन् ।
काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) अष्ट्रेलियाको अध्यक्षमा नन्द गुरुङ निर्वाचित भएका छन् । शनिबार राति सार्वजनिक मत परिणाम अनुसार गुरुङले ८५८३ मत ल्याएका छन् भने उनका प्रतिस्पर्धी डाक्टर ज्ञानेन्द्र रेग्मीले ४८७९ मत मात्रै ल्याए ।
काठमाडौं । संयुक्त अरब इमिरेट्स (युएई) ले कोरोनाविरुद्धको खोप लगाएका नेपालीलाई प्रवेश खुला गरेको छ । युएईले आज (बिहीबार)देखि लागू हुने गरी प्रवेश खुला गरेको आबुधावीस्थित नेपाली दूतावासले जनाएको छ ।