काठमाडौं । विज्ञापन एजेन्सी मार्शले आफ्नो १५ औं बार्षिकोत्सव मनाएको छ । यसै दौरानमा पूर्ण रुपमा संचालनमा रहेको यस विज्ञापन एजेन्सीले प्रिन्टिङ, विज्ञापन, एफ एम नेटवर्किङ बजार विकास तथा अनुसन्धानको क्षेत्रमा ठूलो सफलता प्राप्त गरेको छ ।
काठमाडौं । एक्जिम बैंक अफ चाइनाले चिनियाँ कम्पनी हुवासिनलाई ३ करोड अमेरिकी डलर (तीन अर्ब ३८ करोड रुपैयाँ) ऋण दिने सहमति जनाएको छ । धादिङमा सिमेन्ट उद्योग स्थापनाका गर्न लागेको हुवासिनले सिमेन्ट स्थापनाका लागि गरेको लगानी प्रतिवद्धतामध्ये एक्जिम बैंकबाट ऋण पाएको रकम २१.४२ प्रतिशत हुन आँउछ ।
काठमाडौं । एनआईसी एसिया बैंकको प्रमुख कार्यकारी अधिकृतमा रोशन न्यौपाने नियुक्त भएका छन्। । मङ्सिर १६ गते बसेको बैंक सञ्चालक समितिको बैठकले कामु प्रमुख कार्यकारी अधिकृत न्यौपानेलाई प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गरेको हो ।
काठमाडौं । कन्काई विकास बैंक लिमिटेडमा तीन जना सञ्चालक नियुक्त भएका छन् । बैंकको सर्वसाधारण शेयरधनीतर्फबाट प्रेमप्रसाद सुवेदी, अनिता खत्री र मनोजकुमार प्रसाईं सञ्चालकमा निर्विरोध निर्वाचित भएका हुन् ।
काठमाडौं । नेपालमा सिमेन्ट उद्योग स्थापना गर्न लागेको हुवाजिनसँग लगानी बोर्डले आइतबार आयोजना लगानी सम्झौता गरेको छ । सम्झौतामा लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत (सिईओ) महाप्रसाद अधिकारी र हुवाजिन सिमेन्टका प्रतिनिधि छु जांगले हस्ताक्षर गरेका छन् ।
काठमाडौं । ओयो होटेलले भारत र दक्षिण एशियाको सिइओमा आदित्य घोषलाई नियुक्त गरेको छ । ओयो होटल ब्यबसायको निरीक्षण र विकास गर्नको लागि दक्षिण एशियामा इंडिया, नेपाल र अन्य बजार पर्छ ।
काठमाडौ । इन्टरनेशनल ग्रीन डेभलपर्स नेपाल प्रालिको केन्द्रिय कार्यालय भक्तपुरको राधेराधे नजिकै स्थापना गरिएको छ । अरनिको राजमार्ग अन्तर्गत भक्तपुरको मध्यपुर थिमि भाटभटेनी सुपर मार्केट नजिकै केन्द्रिय कार्यालय (कर्पाेरेट अफिस) को शुभारम्भ गरिएको हो ।