ललितपुर । नेपालमै पहिलो पटक बीउ (सिड) एटीएम सञ्चालनमा आएको छ । सो बीउ एटीएमले शहरी क्षेत्रमा कौसी खेती प्रविधिको विकास, प्राङ्गारिक तरकारी उत्पादनमा जोड, हरेक घरबाट निस्कने फोहर मलका रुपमा प्रयोग, ताजा र स्वस्थ तरकारी तथा फलफूल उत्पादनमा वृद्धि गराउने भएको छ ।