नेपाल इन्भेष्टमेन्ट बैंंक र इसेवा फोन पेबीच अनलाईन भुक्तानी सम्झौता |
काठमाडौं ।नेपालको पहिलो पेमेन्ट गेटवे इसेवा फोन पे प्रालि र नेपाल इन्भेष्टमेन्ट बैंक बीच अनलाइन भुक्तानी सम्झौता भएको छ । सम्झौतासँगै अब नेपाल इन्भेष्टमेन्ट बैंकबाट इसेवामा रकम लोड गर्न तथा विभिन्न वस्तु तथा सेवाहरूको सहजै भुक्तानी गर्न सकिनेछ ।
ग्राहकहरूले बैंकको इन्टरनेट बैंकिङ तथा कुनै पनि शाखा मार्फत सहजै इसेवामा रकम लोड गर्न सक्नेछन् भने इसेवा खातामा भएको रकम पनि सिधै बैंकमा जम्मा गर्न सक्नेछन् । इसेवाबाट मोबाईल रिचार्ज, टेलिफोन, इन्टरनेट, बिजुली तथा खानेपानीको महशुल भुक्तानी, हवाइ जहाज तथा बसको टिकट, विद्यालय÷क्याम्पसको शुल्क भुक्तानी, होटेल र रेष्टुरेण्टको बिल भुक्तानी लगायत विभिन्न सुविधा उपभोग गर्न सकिनेछ ।
पछिल्लो समयमा इसेवाले क्युआर कोड मार्फत गरिने भुक्तानीलाई प्रवद्र्धन गरिरहेको छ । हाल इसेवामा ५५ हजार क्युआर मर्चेन्ट आबद्ध भइसकेका छन् भने क्युआर कोडमा इसेवाले आकर्षक क्यास ब्याक तथा छुटको व्यवस्था समेत गरेको छ । अबदेखि नेपाल इन्भेष्टमेन्ट बैंकका ग्राहकले इसेवामा पैसा लोड गरी सजिलै क्युआर कोड मार्फत भुक्तानीको सुविधा पनि लिन सक्नेछन् ।
इसेवामा हाल ५५ वटा बैंक तथा वित्तीय संस्था आबद्ध भएका छन् । यी बैंक तथा वित्तीय संस्थाबाट इसेवामा सहजै रकम जम्मा गर्न तथा इसेवाबाट बैंक खातामा रकम पठाउन सकिन्छ । हाल इसेवाका ग्राहक २५ लाख भन्दा बढी पुगी सकेका छन् र यो संख्या निरन्तर बढ्ने क्रममा छ । देशभर रहेका इसेवाका ६० हजार भन्दा बढीएजेन्ट मार्फत ७५ लाख भन्दाबढिले इसेवाका सेवाहरु लिइरहेका छन् ।
नेपाल इन्भेष्टमेन्ट बैंकले ८२ शाखा, १२० एटीएम, १५ एक्सटेन्सन काउन्टर, १० राजस्व संकलन काउन्टर र ५४ शाखा रहित बैंकिङ काउन्टर मार्फत आफ्नो सेवा पुर्याउँदै आएको छ । बैंकले सेवा र व्यवसायमा उदाहरणीय कार्य गरे बापत पाँच पटक ‘बैंक अफ द इयर’ अवार्डका साथै अन्तरराष्ट्रिय प्रकाशन युरोमनीद्वारा ‘युरोमनी अवार्ड फर द बेस्ट बैंक २०१८’ अवार्डद्वारा समेत बैंक सम्मानित भइ सकेको छ । यसका साथै आइक्रा नेपाल (इन्टरनेसनल क्रेडिट रेटिङ एजेन्सी–नेपाल) ले बैंकलाई ए प्लसको क्रेडिट रेटिङ गरेको छ ।



