काठमाडौं । कोरोना भाइरस (कोभिड १९) को सन्त्रासकै बेला बागमती प्रदेश भूमि ब्यावस्था, कृषि तथा सहकारी मन्त्रालयले सहकारी संचालन गर्न निर्देशन जारी गरेपछि सहकारीकर्मी समस्या परेका छन् । गृहमन्त्रालयले पास उपलब्ध नगराउँदा सेवा दिन समस्या भएको उनीहरुले गुनासो गरेका छन् ।