बैङ्क–वित्त / बीमा
स्मार्ट च्वाइसकोे स्मार्ट क्यूआर सञ्चालनमा, १५ प्रतिशत सम्मको छुटको व्यवस्था |
काठमाडौं । स्मार्ट च्वाइस टेक्नोलोजिज लिमिटेडले स्मार्ट क्यूआर सञ्चालनमा ल्याएको छ । विभिन्न प्रकारका भुक्तानी सेवा र सुविधाहरुको प्राप्तीमा अनलाइन भुक्तानीलाई अझ आधुनिक, सहज र एकिकृत गर्न सक्ने गरी यस किसिमको क्वीक रेस्पोन्स कोड पेमेन्ट प्लेटफर्म स्मार्ट क्यूआर सञ्चालनमा ल्याएको कम्पनीले जनाएको छ ।



