काठमाडौं । नेपाल राष्ट्र बैंकले बैंकिङ कसुरसम्बन्धी सरोकारवालासँग अन्तरक्रिया गरेको छ । कार्यक्रममा महान्यायाधिवक्ता रमेश बडालले बैंकिङ प्रणालीमा देखिएका कसुरलाई नियन्त्रण गर्दै वित्तीय प्रणालीप्रति सर्वसाधारणको विश्वसनीयता अभिवृद्धि गर्नुपर्ने आवश्यकतामा जोड दिए ।