काठमाडौं । नेपाल उद्योग परिसंघले चालु आवको मौद्रिक नीतिमा ठुला उद्योगीको माग सम्बोधन नभएको गुनासो गरेको छ । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले शुक्रबार सार्वजनिक गरेको मौद्रिक नीतिमा विश्लेषण गर्दै परिसंघले ठुलो उद्योगी र व्यवसायीका मागहरु भने सम्बोधन नभएको बताएको हो ।