काठमाडौँ । नेपाल बैंकले त्रिभुवन विश्वविद्यालयबाट व्यवस्थापन संकायमा स्नातकोत्तर (मास्टर्स) टपेका विद्यार्थी रामप्रसाद खरेललाई सम्मान गरेको छ । त्रिवि केन्द्रीय व्यवस्थापन विभाग कीर्तिपूरबाट स्नातकोत्तर तह उत्तीर्ण गरेका विद्यार्थीमध्ये खरेल सर्वोत्कृष्ट भएका हुन् ।
काठमाडौँ । सीजी नेटले ‘स्प्रिड मोर गेट मोर’ अफर ल्याएको छ । यो अफर अन्तर्गत १२० एमविपिएस वा ५० एमविपिएसको ३ महिने प्याकेज लिने र अरुलाई लिन रिफर गर्ने ग्राहकले १० दिन निःशुल्क इन्टरनेट पाउनेछन् ।
काठमाडौं । ज्योति विकास बैंकले संस्थागत सामाजिक उत्तरदायित्वको निम्ति स्थापित “हाम्रो विकास प्रवर्द्धन कोष” मार्फत काठमाडौं महानगरपालिका वडा नं. १ महेन्द्र शालिक चोक कमलादीमा निर्माण गरेको ट्राफिक लाईट आज एक समारोहकाबीच ट्राफिक प्रहरी महाशाखालाई हस्तान्तरण गरेको छ।
काठमाडौं । लक्ष्मी बैंकले काठमाडौं नयाँ बानेश्वरमा १०औं एक्स्टेन्सन काउण्टर स्थापना गरेको छ । नागरिक लगानी कोषको कार्यालयमा एक्सटेन्सन काउन्टर स्थापना गरेको बैंकले जानकारी दिएको छ ।
काठमाडौं । आईएमएस सफ्टवेयर र फोकस वान पेमेन्ट सोलुसनले सफ्टवेयर एकीकृत गर्न समझदारीपत्र (एमओयू) मा हस्ताक्षर गरेका छन् । यी कम्पनीहरूले मोको डिजिटल वालेटलाई आईएमएस सफ्टवेयरको उपभोक्ता सफ्टवेयरसँग एकीकृत गर्न सहमति जनाएका हुन् ।
काठमाडौं । एनआईसी एशिया बैंकको मोबाइल एप वेभसाइट, आईसर्भिस तथा एनसेलमा निःशुल्क चलाउन सकिने भएको छ । डिजिटल बैंकिङ्ग प्रबद्र्धन गर्न यस्तो सुविधा व्यवस्था गरिएको बैंकले जानकारी दिएको छ ।
काठमाडौं । सानिमा बैंक लिमिटेडले धादिङ मलेखुमा शाखा स्थापन गरी बैंकिङ सेवा प्रवाह थालेको छ । बैंक सञ्चालक बलराम पराजुली एवम् ब्राण्ड प्रवद्र्धकद्वय मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्य (महजोडी) ले संयुक्त रूपमा शाखा उद्घाटन गरेका हुन् ।
काठमाडौं । राष्ट्रिय वाणिज्य बैंकमा खाता भएकाहरूले पनि अबदेखि अनलाइन भुक्तानी सेवाप्रदायक कम्पनी ‘खल्ती’ मा रकम राखी आवश्यक भुक्तानी गर्न पाउने भएका छन् । प्रयोगकर्ताहरूलाई सेवा दिन खल्तीले बैंकसँग साझेदारी सम्झौता गरेको हो ।