काठमाडौं । माछापुच्छ्रे बैंकले नायव प्रमुख कार्यकारी अधिकृत (डेपुटी सीइओ) पदमा सर्जुकुमार थापा र विश्वम्भर न्यौपाने तथा उप–महाप्रबन्धक (डीजीएम) पदमा प्रसिद्धराज अर्याललाई बढुवा गरेको छ ।
काठमाडौं । गेटवे पेमेन्ट सर्विस प्रालिले अन्तरआबद्दता तथा मोबाइल फस्र्ट प्रविधिमा आधारित युनीफाईड पेमेन्ट इन्टरफेस नेपाल (यूपीआई) सन्चालनका लागि भारत स्थित एनपीसिआई इन्टरनेसनल तथा मनम इन्फोटेकसँग सम्झौता गरेको छ ।
काठमाडौं । नबिल बैंक र कम्युनिटी होमस्टे नेटवर्कबीच सम्झौता भएको छ । उद्यमशीलता विकास, दिगो पर्यटन, वित्तीय साक्षरता र वित्तीय पहुँच प्रवर्द्धन गर्ने उद्वेश्यले होमस्टेसँग सहकार्य गरेको बैंकले जनाएको छ ।
काठमाडौं । होमस्टे (घरवास) महासंघ नेपालको महाधिवेशनको मिति तोकिएको छ । शुक्रबार नवलपरासीमा बसेको केन्द्रको बैठकले मुलुकको संघीय संरचनाअनुसार सबै तहको अधिवेशन र केन्द्रको महाधिवेशन गर्ने निर्णय गरेको हो ।
काठमाडौं । बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन) र अर्थशास्त्र केन्द्रीय विभाग, त्रिभुवन विश्वविद्यालयवीच विभिन्न नीतिगत विषयमा अध्ययन तथा अनुसन्धान गर्ने गरी आज मिति २०७८ फाल्गुण ५ गते समझादारी पत्रमा हस्ताक्षर भएको छ ।