नर्भिकमा दुई टिमले यूरोलोजीको निःशुल्क ओपिडी चलाउने |
काठमाडौं । नर्भिक अस्पतालले आफ्नो विशेष अभियानअन्तरगत शनिवार विशेषज्ञसहितको दुई यूरोलोजी टिमबाट निःशुल्क ओपिडी सेवा संचालन गर्ने भएको छ । नर्भिकले शनिवार बिहान ८ बजेदेखि १० बजेसम्म एउटा टिम र बिहान ९ बजेदेखि १०ः३० बजेसम्म अर्को टिम परिचालन गरी निःशुल्क ओपिडी सेवा संचालन गर्न लागेको हो ।

