राउण्ड टेबल नेपालद्वारा मोरङको बुढीगंगाको विद्यालयमा २ करोडको लागतमा कक्षाकोठा निर्माण |
बुढीगंगा, मोरङ । राउण्ड टेवल विराटनगर प्लाटिनम राउण्ड टेबल नेपालले मोरङको बुढीगंगा गाउँपालिकस्थित सरस्वती सदन आधारभुत विद्यालयलाई कक्षाकोठा निर्माण गरी हस्तान्तरण गरेको छ । राउण्ड टेबलले सो विद्यालयमा बहुबर्ष योजना अन्र्तगत २ करोड बढीको लगानी गर्दै आवश्यक सम्पूर्ण भौतिक साधन जुटाई दिएको हो ।

