काठमाडौं (आपास) । काठमाडौंमा घरजग्गा मेला ‘प्रोपर्टी एक्स्पो–२०१८’ को आयोजना हुने भएको छ । काठमाडौंको भृकुटीमण्डपस्थित प्रदर्शनी हलमा आगामी असार १ देखि ५ गतेसम्म सातौं घरजग्गा मेलाको आयोजना हुने भएको हो ।
काठमाडौं । नेपाल पर्यटन बोर्डले आफ्नो वेबसाइट चिनियाँ भाषामा पनि सञ्चालनमा ल्याएको छ । उक्त वेबसाइटको उद्घाटन सोमवार संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीले गरेका हुन् ।
काठमाडौं (आपास) । पेण्ट डिलर्स एशोसिएशनमा नयाँ नेत्व चयन भएको छ । एशोसिएशनमा रामचन्द्र खत्रीको नेतृत्वमा ११ सदस्यीय नयाँ कार्यसमिति निर्विरोध चयन भएको हो ।
काठमाडौं (आपास) । मिथिला लघुवित्त विकास बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा सत्यदेव राउत नियुक्त भएका छन् । कम्पनीको गत शुक्रवार सम्पन्न सञ्चालक समितिको बैठकले उनलाई सो पदमा नियुक्त गरेको हो ।