काठमाडौं (आपास) । सिटिजन्स बैङ्कले ग्राहकलाई उपचारमा सहुलियत दिने उद्देश्यले नेपाल मेडिसिटी अस्पतालसँग सहकार्य गरेको छ । उक्त सहकार्यात्मक सम्झौतापछि सिटिजन्सका ग्राहक तथा कर्मचारीले नेपाल मेडिसिटी अस्पतालमा उपचार गराउँदा छूट प्राप्त गर्न सक्नेछन् ।
पाँचथर (आपास) । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले म्यादी जीवन बीमा गरी वैदेशिक रोजगारीका क्रममा ज्यान गुमाएका दुई युवकका आफन्तलाई बीमा दावी रकम भुक्तानी गरेको छ ।
तनहुँ (आपास) । तनहुँको चर्चित पर्यटकीय गन्तव्य बन्दीपुरमा ५५ करोडको लगानीमा केबुलकार निर्माण हुने भएको छ । बन्दीपुर केबुलकार प्रालि र आरकेडी रियलस्टेट कम्पनीको साझेदारीमा पर्यटन विकासका लागि सो क्षेत्रमा केबुलकार निर्माण हुन लागेको हो ।
चितवन (आपास) । शैक्षिक परामर्श सङ्घ, चितवनको आयोजनामा चितवनमा शुक्रवारदेखि तेस्रो बृहत् इक्यान शैक्षिक मेला हँुदै छ । मेलाको प्रदेश–३ का भूमिसुधार तथा सहकारी मन्त्री दावा दोर्जे लामाले उद्घाटन गर्ने कार्यक्रम रहेको छ ।
काठमाडौं (आपास) । ग्लोबल आईएमई बैङ्कले मकवानपुरको थाहा नगरपालिका– ९, चित्लाङ र मकवानपुरगढी गाँउपालिका–५, धादिङ बजारमा शाखारहित बैङ्किङ सेवा सञ्चालन गरेको छ ।
काठमाडौं (आपास) । ‘योर पार्टनर फर प्रोग्रेस’ नाराका साथ बैङ्किङ सेवा पु¥याउँदै आएको सिटिजन्स बैङ्कले बालविनोद माध्यमिक विद्यालयलाई आर्थिक सहयोग गरेको छ ।
काठमाडौं (आपास) । सीजी इलेक्ट्रोनिक्सले विश्वकप फुटबलको अवसर पारेर प्रतियोगितालाई दृष्टिगत गरी आकर्षक उपहार योजना सार्वजनिक गरेको छ । कम्पनीले ‘एक्ष्ट्रा टाइमको गोलमै छ मजा’ नामको योजना सञ्चालन गरेको हो ।
काठमाडौं (आपास) । गरिमा विकास बैङ्कले ग्राहकहरुको हितका लागि ‘गरिमा दम्पती बचत खाता’ योजना ल्याएको छ । उक्त बचत योजनाको बैङ्कका अध्यक्ष चन्द्रकान्त बरालले बुधवार शुभारम्भ गरेका हुन् ।