काठमाडौं । धनुषाको ढल्केवरमा केन्द्रीय कार्यालय रहेको मिथिला लघुवित्त वित्तीय संस्था लिमिटेडले यही मंसिर १० गते सर्लाहीको बबरगञ्ज र १२ गते धनुषाको गोदारमा आँखा शिविरको आयोजना गर्यो ।
काठमाडौं । एनआईसी एशिया बैंक लिमिटेडले सानिमा इन्स्योरेन्स कम्पनी लिमिटेडसँग बैंकासुरेन्स सम्झौता गरेको छ । यस सम्झौता पश्चात बैंकका ग्राहकहरुले मुलुकभर फैलिएको २६६ वटै शाखाहरुबाट सहज रुपमा सानिमा इन्स्योरेन्स कम्पनी लिमिटेडको निर्जीवन बीमा पोलिसीहरु खरिद गर्न सक्नेछन् ।
काठमाडौं । एनआईसी एशिया बैंकले दुई नयाँ शाखा कार्यालय सञ्चालनमा ल्याएको छ । बैंकले सिन्धुपाल्चोक जिल्लाको बलेफी गाउँपालिका– ७ स्थित खाडिचौर र काभ्रे जिल्लाको पाँचखाल– ४ स्थित समाज कल्याण चोकमा नयाँ शाखा सञ्चालनमा ल्याएको हो ।
चितवन । भरतपुर महानगरपालिकाले लघु उद्योग ग्राम स्थापना गर्ने भएको छ । मझौला उद्योगलाई प्रवद्र्धन गर्ने उद्देश्यले महानगरको पश्चिम क्षेत्रका वडामा उपयुक्त जग्गा छनोट गरी उद्योग ग्राम सञ्चालन गर्न लागिएको महानगरपालिकाले बताएको छ ।
काठमाडौं । जस्मिन पेन्ट्सले लण्डनमा इन्टरनेशनल विड क्वालिटी एचिभमेन्ट गोल्ड अवार्ड पाएको छ । क्वालिटी, इन्नोभेसन र लिडरसीपमा उत्कृष्ट रहेको भन्दै विडले जस्मिनलाई यो अवार्ड दिएको हो ।