मोरङका १७ ओटा क्रसर उद्योग मापदण्डविपरीत |
विराटनगर । मोरङका विभिन्न खोला किनार क्षेत्रमा सञ्चालनमा रहेका एक दर्जनभन्दा बढी क्रसर उद्योग मापदण्डविपरीत सञ्चालनमा रहेको थाहा भएको छ । क्रसर उद्योगको अनुगमन गर्न जिल्ला प्रशासन कार्यालयद्वारा गठित समितिको प्रतिवेदनअनुसार २२ उद्योगमध्ये पाँचओटाले मात्रै मापदण्ड पूरा गरेको पाइएको छ ।