इराकको टिगरिस नदीमा डुंगा डुब्यो, ९२ जनाको मृत्यु |
काठमाडौं । इराकको मोसुल शहरस्थित टिगरिस नदीमा एक डुंगा डुबेको छ । उक्त डुंगा डुब्दा कम्तिमा ९२ जनाको मृत्यु भएको छ । इराकको स्वास्थ्य मन्त्रालयले ९२ जनाको शव प्राप्त भएको र अन्य व्यक्तिहरु वेपत्ता रहेको जानकारी दिएको सीएनएनले लेखेको छ ।