‘ज्योमो गाङ’ फिल्म अवार्ड थाइल्यान्डमा सकियो |
थाईलाण्ड । नेपालको आदिबासी जनजाति चलचित्रको प्रबद्र्धनका लागि गरिएको ज्योमो गाङ फिल्म अवार्ड कार्यक्रम थाईलाण्डमा सम्पन भएको छ ।
थाईलाण्ड । नेपालको आदिबासी जनजाति चलचित्रको प्रबद्र्धनका लागि गरिएको ज्योमो गाङ फिल्म अवार्ड कार्यक्रम थाईलाण्डमा सम्पन भएको छ ।
न्युयोर्क । बिपी कोइराला र गणेशमान सिंहले २०३३ साल पुस १६ गते निर्वा्सित जीवन परित्याग गरि राष्ट्रिय एकता तथा मेलमिलापको नीति लिएर स्वदेश फर्किएको दिनलाई स्मरण गर्दै गिरिजाप्रसाद कोइराला फाउन्डेशन अमेरिकाले शनिबार आफ्नै कार्यालय ज्याकसन हाईट्स, न्युयोर्कमा ४४ औं मेलमिलाप दिवस मनाएको छ ।
थाइल्यान्ड । थाइल्याण्डका नागरिकलाई नेपाल भ्रमण गर्न अभिप्रेरित गर्ने उद्देश्यले आज राजधानी बैंककमा पदयात्रा कार्यक्रम आयोजना गरिएको छ । नेपाल भ्रमण वर्ष २०२० अभियानको प्रचारप्रसार गर्न त्यहाँस्थित नेपाली राजदूतावासद्वारा बैंककस्थित गैरआवासीय नेपाली सङ्घ र थाइ–नेपाली सङ्घको सहयोगमा पदयात्रा आयोजना
काठमाडौं । सन् २०२० को सुरुआतसँगै चीनमा नेपाल भ्रमण वर्षको प्रचारप्रसार शुरु भएको छ । बेइजिङ्गस्थित नेपाली दूतावासले चच्याङ्ग, यीयुबाट बढीभन्दा बढी चिनियाँ पर्यटक भित्र्याउने उद्देश्यले ४ जनावरीमा भब्य कार्यक्रम गरी प्रचारप्रसार थालेको हो ।
काठमाडौं । कतार सरकारले ९ जना नेपालीलाई आममाफी दिएको छ । बिभिन्न आरोपमा केन्द्रीय कारागारमा सजाय भोगिरहेका नौ जनालाई कतार सरकारले राष्ट्रिय दिवसको अवसरमा आममाफी दिने निर्णय गरेको हो ।
अमेरिका । वरिष्ठ अभिनेता तथा निर्देशक नीर शाह ‘चलचित्र शिरोमणि लाइफटाइम अवार्ड २०१९’ बाट सम्मानित भएका छन् । अमेरिकाको सान् फ्रान्सिस्कोमा आयोजित ‘चौंथो ग्लोबल नेपाली फिल्म अवार्ड २०१९’ मा शाहलाई यो सम्मान प्रदान गरिएको हो ।
अमेरिका । अमेरिकाको टेक्सस राज्यमा पहिलो पटक दक्षिण पूर्व एसियन रिपब्लिकन क्लबको स्थापना भएको छ जसमा टेक्सस ड्यालस बस्दै आएका समाजसेवी तथा व्यवसायी देवी डेविड आचार्य अध्यक्ष पदमा निर्वाचित भएका छन् ।
काठमाडौं । चीनको व्यापारिक सहर ग्वान्जौमा एकदिने रक्तदान कार्यक्रम सम्पन्न भएको छ । गैरआवासीय नेपाली संघ चीन र ग्वान्जौस्थित नेपाली महावाणिज्य दूतावासद्वारा आइतबार आयोजित कार्यक्रममा ८८ जनाले रक्तदान गरेका हुन् ।
काठमाडौं । संयुक्त राष्ट्र अमेरिकास्थित नेपलिज एशोसिएसन इन साउथ इस्ट अमेरिका (नासा) ले भ्रमण वर्ष २०२० प्रवर्द्धनात्मक कार्यक्रम शुरु गरेको छ ।
काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) को अध्यक्षमा कुमार पन्त निर्वाचित भएका छन् । संघको नयाँ कार्यकालका लागि बिहीबार भएको निर्वाचनमा आफ्ना प्रतिस्पर्धी कुल आचार्यलाई परास्त गर्दै पन्त विजयी बनेका हुन् ।