डिसेम्बरदेखि खोप लगाएका विद्यार्थी अष्ट्रेलिया जान पाउने |
काठमाडौं । भिसा लिएका र खोप लगाएका विदेशी नागरिकहरू डिसेम्बरदेखि अष्ट्रेलिया जान पाउने भएका छन् । अष्ट्रेलियाले अन्तर्राष्ट्रिय यात्रालाई थप सहज पार्दै अर्थतन्त्रलाई चलायमान बनाउने कदमस्वरुप पछिल्लो निर्णय गरेको हो ।