काठमाडौं (आपास) । एनआईसी एशिया बैङ्कले ‘एक कर्मचारी, एक फलफूल बिरुवा’ नाराका साथ बैङ्कका सम्पूर्ण क्षेत्रीय एवम् शाखा कार्यालय प्राङ्गणमा वृक्षरोपण गरेको छ । बैङ्कले आफ्नो सामाजिक उत्तरदायित्वअन्तर्गत विश्व वातावरण दिवसको अवसर पारेर विभिन्न प्रजातिका फलफूल रोपेको बताएको छ ।