सेतो टाइल चाँडै फोहोर हुने गर्छ । सानो दाग वा केही छिटाले पनि सेता टाइल्सको चमक हराउन सक्छ । तर, यस्ता टाइल्स सधैं आकर्षक बनाउन केही उपाय छन् । टाइल्स सफा र चमकदार राख्दा घरको शोभासमेत बढ्छ ।
घरमा सबैभन्दा धेरै समय बिताइने स्थान हो बेडरूम । विशेषगरी जोडीको बेडरूम रोमाण्टिक र आकर्षक हुनु आवश्यक छ । साधारणतया बेडरूममा भन्दा बैठक कोठाको सजावटमा बढी जोड दिने गरिन्छ । अरूको सेवा र आरामका लागि बैठकमा ध्यान दिएजस्तै बेडरूमलाई पनि सजाउन सकिन्छ ।
काठमाडौं । नाडेप लघुवित्त वित्तीय संस्था लिमिटेडको शत प्रतिशत हकप्रद शेयरका लागि बुक क्लोजको समय तोकिएको छ । कम्पनीले १ बराबर १ को अनुपातमा सय रुपैयाँ अंकित दरका १६ लाख कित्ता हकप्रद शेयर निष्काशन गर्ने भएको छ ।
काठमाडौं । निर्जीवन बीमा कम्पनीहरु मध्ये अग्रस्थानमा रहेको शिखर इन्स्योरेन्सले चालू आर्थिक वर्षको पहिलो त्रैमासमा १० करोड ५७ लाख रुपैयाँ मुनाफा कमाएको छ ।
काठमाडौं । आईएमई जनरल इन्स्योरेन्स कम्पनीले ८० प्रतिशतको हकप्रद शेयर निष्कासन गर्ने भएको छ । जसका लागि कम्पनीले मंसिर ९ गते एक दिनका लागि बुक क्लोज गर्ने भएको छ ।
काठमाडौं । युनिलिभर नेपाल लिमिटेडले चालु आर्थिक वर्ष २०७५⁄७६ को पहिलो त्रैमासमा ३३ करोड ४५ लाख रुपैयाँ नाफा कमाएको छ । जुन गत वर्षको तुलनाभन्दा १० दशमलव ८७ प्रतिशतले वृद्धि गरेको हो ।
काठमाडौं । नेको इन्स्योरेन्स कम्पनीले चालू आर्थिक वर्षको पहिलो त्रैमासमा ५६.९१ प्रतिशतले नाफा बढाएको छ । कम्पनीले तीन महिनामा ५ करोड ६७ लाख रुपैयाँ नाफा गरेको छ ।