काठमाडौं । सरकारले दातृ निकायहरुलाई सहायता रकम वृद्धि गर्न आग्रह गर्ने भएको छ । संघीय संरचना कार्यान्वयनका लागि सरकारले सहायता रकम वृद्धि गर्न आग्रह गर्ने उद्देश्यले दातृ निकायको सम्मेलन आयोजना गर्न लागेको अर्थसचिव राजन खनालले बताएका हुन् ।
काठमाडौं । सरकारले उखु किसानलाई अनुदान दिने भएको छ । मन्त्रिपरिषद्को शुक्रबार बसेको बैठकले उनीहरुलाई गत जेठ १५ गतेदेखि नै लागू हुनेगरी प्रतिक्विन्टल ६० रुपैयाँ अनुदान दिने निर्णय गरेको हो ।
काठमाडौं । गत आवको असार मसान्तभित्रमा देशका सबै स्थानीय तहमा शाखा विस्तार गरिसक्न नेपाल राष्ट्र बैंकले सबै वाणिज्य बैंकहरुलाई परिपत्र जारी गरे पनि हालसम्म सबै स्थानीय तहमा बैंक शाखा स्थापना हुन सकेको छैन ।
काठमाडौं । हेभी इक्विपमेन्टको सवारी चालक अनुमतिपत्र (लाइसेन्स) लिन २ वर्ष कुर्न नपर्ने भएको छ । मंगलवारदेखि हेभी सवारीसाधनको सिधै लाइसेन्स लिन पाउने गरी आवेदन खुला गर्न लागेको यातायात व्यवस्था विभागले जानकारी दिएको छ ।
काठमाडौं (आपास) । ग्लोबल की–टेक्नोलोजी प्रालिको मोबाइल एप्स ‘रिचार्जर’ले शून्य प्रतिशत ब्याजदरमा जुनसुकै ब्राण्डका मोबाइल पनि किस्ताबन्दीमा उपलब्ध गराउने भएको छ ।
काठमाडौं । काठमाडौं उपत्यका विकास प्राधिकरणले उपत्यकाका १४ वटा नदीको दायाँबायाँ छोड्नुपर्ने जग्गाको दूरी सार्वजनिक गरेको छ । प्राधिकरणले बागमती, विष्णुमती, हनुमन्ते, मनोहरालगायत नदीको बहाव क्षेत्र निर्धारण गरेको हो ।
आजबाट देशभरका हलमा प्रतिक्षित चलचित्र ‘कायरा’ रिलिज भएको छ । नायक आर्यन सिग्देल केही समयपछि पर्दामा देखिन लागेकाले पनि यसको व्यापारमा धेरैले चासो देखाएका छन् ।